काठमाडौँ, ३० जेठ । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ ।
हङकङको मङकङमा भएको खेलमा पाकिस्तान ‘ए’ ल नेपाललाई ९ रनले पराजित गरेको हो ।
पाकिस्तान ‘ए’ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर कविता कुँवरले २० रन बनाईन् । त्यस्तै, कविता जोशीले १५ रन बनाउँदा अन्य खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।
नेपालका लागि इन्दु बर्माले ३, कविता कुँवर, कविता जोशी र सीता रानामगरले २,२ विकेट लिए ।
प्रतियोगिताको ए समुहमा परेको नेपालसँगै हङकङ, भारत र पाकिस्तान छन् ।
समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली छ । नेपालले अब बिहीवार समूहको दोस्रो खेलमा भारतको ‘ए’ टोलीसँग खेल्नेछ । समूहको अन्तिम खेलमा शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ ।
हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे