
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन भदौ १५ गते बीमा समितिबाट पारित भएसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले २०७८ असार मसान्तसम्ममा जारी भएका नाफामा सरिक हुने बीमालेखहरूमा कायम हुने गरी बोनसदर निर्धारण गरेको हो । कम्पनीकाअनुसार बीमितले बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँसम्म बोनसदर पाउनेछन् ।
इन्स्योरेन्सले सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी) बीमा योजनाअन्तर्गत बीमा अवधिअनुसार बीमितले प्रतिहजार न्यूनतम ६० रूपैयाँ र अधिकतम ८० रूपैयाँ बोनसदर पाउने भएका छन् ।
यस बीमा योजना खरिद गरेका २ हजार ७५३ जना बीमितले अधिकतम बोनसदरको लाभ लिने छन् ।
सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा) अन्तर्गत कम्पनीले ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षे बीमा अवधिका लागि प्रतिहजार ६५ रूपैयाँ बोनसदर कायम गरेको छ । यस्तै, २६ देखि २५ वर्ष र ३० वा सो भन्दा माथिका लागि कम्पनीले प्रतिहजार ८२ रूपैयाँ बोनसदर कायम गरेको छ ।
सावधिक तथा आजीवन (जीवन सहारा) बीमालेखअन्तर्गत कम्पनीले ० देखि १० वर्षे, ११ देखि १५ वर्षे र १६ देखि २० वर्षे बीमा अवधिका लागि ६० रूपैयाँ बोनसदर निर्धारण गरेको छ । यसै बीमा योजनामा कम्पनीले २६ देखि ३० वर्ष र ३० वा सो भन्दा माथिका लागि प्रतिहजार ८२ रूपैयाँ बोनसदर कायम गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे