
काठमाडौँ – विदेश सचिव अमृत बहादुर राईले आज परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्रसंघको टोलीलाई स्वागत गर्नुभएको छ। यो टोली नेपालले कम विकसित देशको दर्जाबाट आगामी नोभेम्बर २०२६ भित्र माथिल्लो दर्जामा उक्लन सक्ने तयारीको मूल्याङ्कनका लागि आएको हो।
टोलीको नेतृत्व निरुपम देव नाथले गर्नुभएको थियो। भेटघाटमा नेपालले ग्राजुएसनको तयारी, आवश्यक रणनीति र अन्य देशसँगको सहयोगका अवसरबारे गहिरो छलफल भएको थियो। परराष्ट्र सचिव र टोलीबीच भएको संवादले नेपालको ग्राजुएसन प्रक्रिया समयमै र प्रभावकारी ढंगले अघि बढाउनका लागि के के कदम चाल्नुपर्छ भन्ने स्पष्ट दिशा दिएको छ।
विदेश सचिव राईले नेपालको ग्राजुएसन लक्ष्य पूरा गर्न सरकारले लागिरहेको प्रतिबद्धता र तयारीबारे जानकारी गराउँदै, अन्तर्राष्ट्रिय साझेदारी र सहकार्यलाई थप बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे