
काठमाडौं — आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेलमा स्कटल्याण्ड विरुद्ध खेल्दैछ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो ३:४५ बजे सुरू हुनेछ। नेपालले यसअघि स्कटल्याण्डलाई १ विकेटले र नेदरल्याण्ड्सलाई ५ विकेटले हराउँदै अपराजित यात्रा कायम राखेको छ। नेपाल अब बिहीबार नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्नेछ।
अंक तालिकामा नेपाल १४ खेलबाट १० अंकसहित सातौँ स्थानमा छ। नामिबिया १४ अंकसहित छैटौँ स्थानमा छ। अमेरिका २० खेलबाट २८ अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो, ओमान २४ अंकसहित तेस्रो, स्कटल्याण्ड २२ अंकसहित चौथो र क्यानडा २० अंकसहित पाँचौँ स्थानमा छन्। युएई भने १६ खेलमा ६ अंकसहित पुछारमा छ। सिरिजमा शानदार लयमा रहेको नेपाल आज पुनः जित निकाल्ने लक्ष्यमा हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे