
काठमाडौँ । नेपाल र अमेरिकाबीच आज आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेल हुँदैछ । खेल बिहान सवा ११ बजे दुबई अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुनेछ । नेपालले हालै टी–२० विश्वकप छनोटको उपाधि जितेको थियो र त्यसपछि ओमानबाटै युएई पुगेको हो । अब नेपालले अमेरिका र युएईसँग दुई–दुई खेल खेल्नेछ । यो सिरिज नेपालका लागि आगामी विश्वकप तयारीको दृष्टिले महत्वपूर्ण मानिएको छ ।
नेपाली टोलीका खेलाडीहरूमा कप्तान रोहित पौडेल, उप–कप्तान दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, गुल्शन झा, करण केसी, कुशल मल्ल, आसिफ शेखलगायत छन् । नेपाल अहिले राम्रो लयमा छ र सबै खेलाडी उत्साहित छन् । क्रिकेटप्रेमीहरू पनि आजको खेलको प्रतिक्षामा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे