
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांश पारित गर्न सातौँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले आगामी मंसिर २३ गते मंगलबार काठमाडौंको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतलीमा बिहान ९ बजे साधारण सभा आयोजना गर्ने जनाएको छ।
बैंकको साधारण सभामा मुख्य एजेन्डा अन्तर्गत हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ। यसैसाथ सभाले बैंकको लेखापरीक्षक नियुक्ति, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन र अन्य महत्वपूर्ण प्रस्तावहरू पनि पारित गर्ने तयारी गरेको छ।
साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रक्रियामा सहभागिता सुनिश्चित गर्न बैंकले मंसिर १२ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सभामा सहभागी भएर लाभांश प्राप्त गर्न सक्ने छन्।
बैंकले बार्षिक साधारण सभा मार्फत पारदर्शिता कायम गर्दै सेयरधनीको हित सुनिश्चित गर्ने योजना बनाएको छ। यस सभाले निफ्राको वित्तीय व्यवस्थापन र
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे