
काठमाडौं, असार १९ । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई हराउदै नेपाल फाइनल प्रवेश गरेको छ । विहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । पहिले बलिङ गरेको नेपालले ११।४ ओभरमै मलेसियाले दिएको ९१ रनको लक्ष्य पुरा पर्यो ।
नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको बनाउँदै जितसम्म पु¥याए भने शिवान्स बजगाईं २३ रनका अविजित रहे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाएका थिए ।बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए । अव नेपालले फाइनलमा हङकङ र सिंगापुरसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे