
काठमाडौँ। निर्वाचन आयोग, नेपालले अनलाइन सञ्चारमाध्यम ‘सेतोपाटी’ मा प्रकाशित केही समाचारहरू निर्वाचन आचारसंहिता, २०८२ विपरीत रहेको ठहर गर्दै आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाल समक्ष पत्राचार गरेको छ।
आयोगले चितवन-३ सम्बन्धी ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ तथा ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। आयोगको अनुसार यी सामग्री उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत परिणामसम्बन्धी सर्वेक्षण, घोषणा वा प्रकाशन नगर्ने दफा ४ को खण्ड (त) र कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रसारण नगर्ने दफा २५ को उपदफा (१) को खण्ड (ख) विपरीत रहेका छन्।
निर्वाचन आयोगले यस किसिमको गतिविधि भएमा प्रेस काउन्सिलमार्फत आवश्यक कारबाही गरिनुपर्ने आग्रह गरेको छ। आयोगले यस कदमले निष्पक्ष निर्वाचन वातावरण सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे