
काठमान्डौ , २६ जेठ- आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको हो ।
जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन मात्र बनायो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।
पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे