
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले ३१ भदौमा सार्वजनिक गरेको नयाँ ब्याजदरलाई पुनः परिवर्तन गरी पहिले कायम गरेको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेकोमा पुनः प्रकाशन पछि उक्त खाताको ब्याजदर घटाएर १२.१३ प्रतिशत कायम गरेको छ ।
परिमार्जनपछि मुद्दती खाताअन्तर्गत न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.१३ प्रतिशत ब्याजदर रहेको छ ।
साथै, बैंकले वचत खाताअन्तर्गतका खाताहरूको ब्याजदर र अन्य खाताको ब्याजदर भने यथावत् नै राखेको छ । जसमा वचत खाताअन्तर्गत न्यूनतम ७।१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशत ब्याजर रहेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे