
काठमाडौँ । मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाईमा मंगलबार दिउँसो नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ। ट्रकमा २२ जना सैनिक सवार थिए, जसमध्ये १६ जना घाइते भएका छन्। प्रहरीले दिएको जानकारीअनुसार, तीमध्ये ३ जनाको अवस्था गम्भीर छ।
यो ट्रक तनहुँको नं. २ राजदल गणबाट धनुषा जाँदै थियो। ट्रक लु १ ग २८० नम्बरको हो, र हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाईको पुलबाट झन्डै १०–१२ फिट तल खसेको हो। दुर्घटनापछि घाइतेहरूलाई नेपाली सेना र प्रहरीले उद्धार गरी हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे