
काठमाडौँ — यूएईमा चलिरहेको एसिसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा आज नेपालले आयोजक यूएईसँग भिड्दैछ। खेल बिहान १०स्३० बजे अजमानको करवान मैदानमा हुनेछ।
नेपालले मलेसियालाई ९ विकेटले हराएर फाइनल पुगेको हो भने यूएईले ओमानलाई ८ विकेटले पराजित गर्दै स्थान सुरक्षित गरेको हो। नेपाल र यूएई दुवै यू–१९ एसिया कपका लागि पहिले नै छनोट भइसकेका छन्, किनकि फाइनलमा पुग्ने दुई टोली स्वतः छनोट हुने नियम छ।
तेस्रो स्थानका लागि मलेसिया र ओमानले आज नै खेलेर एसिया कपको अन्तिम स्थान निर्धारण गर्नेछन्। यो प्रतियोगितामा १४ टोली सहभागी थिए। यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे