
काठमाडौँ । कामना सेवा विकास बैंकले वि.सं. २०८३ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले आधुनिक प्रविधिलाई मध्यनजर गर्दै उक्त क्यालेन्डरलाई डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ।
नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त उक्त क्यालेन्डरमा पंचाङ्ग समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि तथा शुभ मुहूर्तहरू समावेश गरिएको बैंकले जनाएको छ। यसले सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक जानकारी प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्नका लागि बैंकले क्यूआर कोड समेत सार्वजनिक गरेको छ। सो क्यूआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले २०८३ सालको क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सक्नेछन्।
बैंकका अनुसार उक्त क्यूआर कोड बैंकका सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइट मार्फत पनि सार्वजनिक गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे