
काठमाडौं — नेशनल एजुकेशनल कन्सलटेन्सी एसोसिएसन (NECA) ले आगामी सेप्टेम्बर ९, २०२५ मा होटल एभरेष्ट, काठमाडौंमा ठूलो अन्तर्राष्ट्रिय शैक्षिक मेलाअन्तर्गत “NECA एजुकेशन फेयर २०२५” आयोजना गर्ने घोषणा गरेको छ। कार्यक्रम बिहान १०:०० बजे सुरु भई साँझ ५:०० बजे सम्म चल्नेछ।
फेयरमा अष्ट्रेलिया, संयुक्त अधिराज्य (UK), संयुक्त राज्य अमेरिका (USA), क्यानडा, जापान, दक्षिण कोरिया, न्यूजिल्यान्ड, युरोपका विभिन्न देश तथा भारत लगायतका प्रतिष्ठित विश्वविद्यालय र शैक्षिक संस्थाहरू दर्जनौं प्रतिनिधिहरू पठाइ सहभागिता जनाउने NECA ले जनाएको छ। सहभागी संस्थाहरूले प्रत्यक्ष काउन्सेलिङ, कोर्स छनोटमा सहयोग, भिषा प्रक्रियाका जानकारी र छात्रवृत्ति सम्बन्धी सल्लाह प्रदान गर्नेछन्।
NECA का अध्यक्ष सन्तोष प्याकुरेलले भने, “फेयरले विद्यार्थीलाई विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने मौका दिनेछ; भिसा प्रक्रिया, छात्रवृत्ति र आवेदनसम्बन्धी विस्तृत मार्गदर्शन उपलब्ध हुनेछ। योग्य विद्यार्थीहरूको लागि १००% छात्रवृत्ति अवसर समेत प्रदान गरिने व्यवस्था मिलाइएको छ।”
फेयरको प्रमुख साझेदारहरूमा मलेसियन एयरलाइन्स (एयरलाइन पार्टनर) र ग्लोबल आइएमई बैंक (बैंकिङ पार्टनर) रहेका छन्। साथै, भौतिक रूपमा सहभागी हुने संस्थाहरूमा फ्रान्सको Aura International School of Management, अस्ट्रेलियाका Monaro Higher Education, Skyline Higher Education, Key 2 Learning College, Southern Academy of Higher Education, Kingsford Institute र Sydney City College of Management लगायतका प्रतिष्ठित निकायहरू समावेश छन्। मध्यपूर्वबाट Royal Roads University (UAE) र बेलायतबाट BPP University पनि उपस्थित रहनेछन्।
फेयरमा कुल २९ प्रतिष्ठित संस्थाहरूले स्टल राख्ने अपेक्षा गरिएको छ। प्रारम्भिक आगन्तुकहरूका लागि निःशुल्क IELTS तयारी सत्र उपलब्ध गराइनेछ भने भिसा प्रक्रिया, प्रस्थानपूर्व Orientation र सम्पूर्ण आवेदन सहयोग एकै स्थानमा प्रदान गरिनेछ। भाग लिन इच्छुक विद्यार्थी तथा अभिभावकहरूका लागि प्रवेश निःशुल्क हुनेछ।
NECA का अनुभवी काउन्सेलर र करियर एड्भाइजरहरूले विद्यार्थीहरूको शैक्षिक लक्ष्यअनुसार दीर्घकालीन मार्गनिर्देशन उपलब्ध गराउनेछन्। NECA ले विदेशी अध्ययनका लागि सुरक्षित र सहयोगी वातावरण सुनिश्चित गर्न होस्टेल, यातायात र ट्राभल पार्टनरहरू मार्फत सघाउ पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ; Roaming Nepal Travel उक्त कार्यक्रममा आधिकारिक ट्राभल पार्टनरको रूपमा रहेका छन्।
NECA एजुकेशन फेयर २०२५ ले नेपाली विद्यार्थीहरूलाई विविध अन्तर्राष्ट्रिय शिक्षा विकल्पहरूको प्रत्यक्ष पहुँच दिने र सफल भर्ना प्रक्रियाका लागि आवश्यक जानकारी र स्रोत उपलब्ध गराउने लक्ष्य राखेको छ। थप जानकारी र सहभागिताको लागि इच्छुकहरूले www.necanepal.org मा हेर्न अथवा नजिकको NECA कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे