
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज (शुक्रबार) साँझ ६ बजे सार्वजनिक गरिने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरमा आज बसेको परीक्षा बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक गणेश भट्टका अनुसार तयारी अन्तिम चरणमा पुगेको र तोकिएको समयमा नतिजा प्रकाशन गरिनेछ ।
यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो । नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थीले परीक्षा दिएका थिए भने ग्रेड वृद्धि (ग्रेड इम्प्रुभमेन्ट)तर्फ ६७ हजार ७१५ जना सहभागी भएका थिए ।
जम्मा ४ लाख ९९ हजार १८३ जना विद्यार्थीले परीक्षा दिएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे