
काठमाडौँ । एमालेले तीन आयोगलाई शक्तिशाली बनाएको छ । ललितपुरको गोदावरीमा तीन दिनदेखि जारी प्रथम विधान अधिवेशनले १५ मध्ये तीनवटा आयोगलाई शक्तिशाली बनाएको हो ।
यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्तरदायी रहने बनाइएको एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
शक्तिशाली बनेको अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् । यी आयोग केन्द्रमा मात्र रहनेछन् । लेखा परीक्षण आयोगको नाम भने संशोधन गर्दै लेखा आयोग बनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे