
काठमाडौं । डेढघण्टासम्म अवरुद्ध रहेकाे एनसेल मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि अवरुद्ध कम्पनीको सेवा ११ बजेदेखि पुनःस्थापना भएको हो ।
सडक विस्तारका क्रममा दमौली र सिन्धुलीमा अप्टिकल फाइबर चुँडिदा देशभर कम्पनीको मोबाइल सेवा अवरुद्ध भएको थियो । जसबाट करिब डेढ घण्टा जति कम्पनीका ग्राहकले मोबाइल तथा डेटा सेवा प्रयोग गर्न पाएका थिएनन् ।
यद्यपि कम्पनीले आधिकारिक तवरमा सेवा अवरुद्ध हुनुको कारण खुलाइसकेको भने छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे