
काठमाडौं, मंसिर २१ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात दोस्रो संस्करणको तयारी तिब्र रूपमा चलिरहेकै बेला एनसेलले नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाई’ साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ। नेपाली क्रिकेटसँगको यस आवद्धताले स्थानिय क्रिकेटको विकासमा योगदान पुर्याउने साथै खेलाडी र फ्यानहरूलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
यो वर्षको एनपीएल ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित आयोजना हुँदैछ। प्रतियोगिता मंसिर १ गते देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। व्यावसायिक फ्रेन्चाइज प्रणालीमा आधारित टी–ट्वान्टी प्रतियोगितामा नेपालका विभिन्न प्रदेशका स्थानीय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउनेछन्।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले आफ्नो उत्साह व्यक्त गर्दै भने,
“हालैका टी–ट्वान्टी प्रदर्शनले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ। क्रिकेट केवल खेल नभई राष्ट्रिय एकताको प्रतीक पनि हो। हामी ‘पावर्ड बाई’ पार्टनरको रूपमा यस महाउत्सवमा सहभागी हुँदा अत्यन्त खुशी छौं। एनसेलको कनेक्टिभिटी मार्फत फ्यानहरूले घर, कार्यालय वा विदेश जहाँ भए पनि यस संस्करणका हरेक क्षणसँग जोडिन सक्नेछन्।”
एनसेलले यस साझेदारीमार्फत केवल खेल प्रतिभा प्रवर्धनमा मात्र नभई प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको अनुभवलाई पनि महत्वपूर्ण ठानेको छ। कम्पनीले आफ्ना ग्राहकहरूका लागि एनसेल एपमार्फत लाइभ खेल हेर्ने सुविधा प्रदान गर्ने जनाएको छ।
क्यानका सचिव पारस खड्काले भने,
“क्रिकेटले सबैलाई जोड्छ र उत्साह जगाउँछ। यस कारण एनसेलसँगको सहकार्यले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ। दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ र यसले नेपाल र विश्वसामु नेपाली क्रिकेटको प्रतिभा प्रस्तुत गर्ने ठूलो अवसर प्रदान गर्दछ।”
एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले स्थापना कालदेखि नै क्रिकेट, फुटबल, भलिबल, गल्फ र पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग गर्दै आएको छ। यस प्रकारको निरन्तर सहयोगले नेपाली खेलकुदमा उत्साह र प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।
एनसेलको साझेदारीले नेपाली क्रिकेटमा मात्र नभई फ्यानहरूसँगको सम्बन्धलाई पनि मजबुत बनाएको छ र आगामी एनपीएल संस्करणलाई दर्शक तथा खेलकुद प्रेमीहरूका लागि अविस्मरणीय बनाउने अपेक्षा व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे