
काठमाण्डौ , १२ माघ ।बिदेश अध्ययन गर्न जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको नयन एजुकेशनल कन्सल्टेन्सीले यसै साता धुलिखेलमा अवस्थित धुलिखेल पिकनिक स्पटमा एक वन भोज कार्यक्रमको आयोजना गरेको छ।
बिध्यार्थी, अभिभावक, अतिथी र नयन एजुकेशनल कन्सल्टेन्सी परिवारको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका डाइरेक्टर सागर शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भयो।
नयन एजुकेशनल कन्सल्टेन्सी बाट बिभिन्न शैक्षिक गन्तव्यमा जादै गरेका बिद्यार्थीहरुको बिचमा साक्षात्कार होस् , भन्ने उद्देश्यले आयोजित उक्त वनभोज कार्यक्रममा संस्थाका डाइरेक्टर श्री कृष्ण लुइँटेलको अध्यक्षतामा बिभिन्न मनोरञ्जनात्मक तथा बुद्धीबर्धक खेलहरू संचालन गरिएको थियो।
उत्कृष्टता हासिल गर्ने प्रतियोगिहरुलाई एस बि आई रेमिट् जापानका नेपाल प्रतिनिधि बिरेन्द्र बहादुर पाण्डे र नयन एजुकेशनल कन्सल्टेन्सीले संयुक्तरुपमा नगदसहित पुरस्कृत प्रदान गरी उत्प्रेरणा प्रदान गर्नु भयो।
कार्यक्रममा कलाकार सपेन्द्र धितालले आफ्नो प्रतिभा प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्नु भएको थियो।
अष्ट्रेलिया, क्यानडा, युके, युएस्ए, जापान, डेनमार्क लगायतका उत्कृष्ट शैक्षिक गन्तव्यमा उच्च शिक्षा हासिल गर्न जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्ने उदेश्य बोकेको नयन एजुकेशनल कन्सल्टेन्सीलाई माया गरी आफ्नो ब्यस्त समयका बाबजुद वनभोज कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै संस्थाका डाइरेक्टर उदय शर्माले धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको औपचारिक सत्रको समापन गर्नु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे