
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरेको छ ।
निवर्तमान कप्तान किरण चेम्जोङलाई मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राष्ट्रिय टोलीमा समावेश नगरेपछि फरवार्ड नवयुगलाई कप्तान नियुक्त गरेको हो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि कतार जान लागेको नेपाली टिमलाई विदा दिन मंगलबार आयोजित कार्यक्रममा एन्फाले नवयुगलाई कप्तान घोषणा गरेको हो ।
प्रशिक्षक अल्मुताइरीले नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित विद्रोह गरेका १० खेलाडीबिनै २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे