
भक्तपुर – नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार युवाका लागि विभिन्न रोजगारमूलक सिप विकास तालिम सञ्चालन गर्न लागेको जनाएको छ।
परिषद्ले एक सार्वजनिक सूचनामार्फत सम्बन्धित स्थानमा बसोवास गर्ने योग्यता पुगेका इच्छुक युवाहरूलाई तालिममा सहभागिता जनाउन २०८२ वैशाख ३ गतेभित्र आवेदन पेश गर्न आग्रह गरेको छ। आवेदन परिषद्को कार्यालय वा परिषद्को आधिकारिक वेबसाइटमा उपलब्ध गुगल फारम लिङ्क वा QR कोड स्क्यान गरी दिन सकिनेछ।
तालिम कार्यक्रमको विवरण:
परिषद्ले विभिन्न ८ प्रकारका सिपमूलक तालिम सञ्चालन गर्ने जनाएको छ, जसअन्तर्गत तालिमको अवधि १६० देखि २२५ घण्टासम्म हुनेछ। तालिम सञ्चालन हुने स्थान र तालिमका प्रमुख विषयहरू निम्नानुसार रहेका छन्:
१. असिस्टेन्ट ब्युटीसियन – १८० घण्टा (कैलाली, रोल्पा, लमजुङ र उपत्यका)
२. टेलर वा गार्मेन्ट मेसिन अपरेटर – १६७ घण्टा (जुम्ला, बर्दिया, सप्तरी र उपत्यका)
३. विल्डिङ इलेक्ट्रीशियन – १६० घण्टा (पोखरा, सिराहा, झापा र उपत्यका)
४. कुक – १६० घण्टा (मोरङ र उपत्यका)
५. मोबाइल रिपेयरिङ – २२५ घण्टा (उपत्यका)
६. बेकरी – १६० घण्टा (सुर्खेत उपत्यका)
७. बारिस्टा – १६० घण्टा (कञ्चनपुर र उपत्यका)
परिषद्ले तालिममा सहभागी हुन चाहने युवाहरूलाई सम्बन्धित तालिम स्थानमा अस्थायी वा स्थायी रूपमा बसोवास गर्ने अनिवार्य योग्यता पुगेको हुनुपर्ने जनाएको छ।
अधिक जानकारीका लागि राष्ट्रिय युवा परिषद्को आधिकारिक वेबसाइट www.nyc.gov.np वा परिषद्का सम्पर्क नम्बरहरू मार्फत जानकारी लिन सकिने परिषद्ले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे