
काठमाडौँ । नेकपा एमालेले आज आफ्नो नेशनल भोलिन्टर फोर्स (राष्ट्रिय स्वयंसेवक बल) औपचारिक रूपमा घोषणा गर्दैछ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे आयोजना हुने कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन्।
नेता महेश बस्नेतका अनुसार पार्टी अध्यक्ष ओलीले नै उक्त फोर्सको औपचारिक घोषणा गर्नेछन्। कार्यक्रममा सहभागी स्वयंसेवकहरूले मार्च पास पनि प्रस्तुत गर्ने व्यवस्था गरिएको एमालेले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे