
काठमाडौँ, १२ माघ – सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। सहभागी एक सदस्यका अनुसार बैठकमा पछिल्लो सुरक्षास्थिति, देशको आन्तरिक सुरक्षा र आगामी प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित विषयमा गहन छलफल भइरहेको छ।
राष्ट्रिय सुरक्षा परिषद्ले देशको सुरक्षा रणनीति र चुनावसम्बन्धी तयारीको समीक्षा गर्दै आवश्यक सिफारिसहरू गर्ने अपेक्षा गरिएको छ। परिषदको बैठकमा प्रधानमन्त्री अध्यक्षको रूपमा रहेका छन् भने रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य सचिवका रूपमा सहभागी छन्।
बैठकले देशको आन्तरिक सुरक्षा स्थिति, चुनावी सुरक्षाको प्रत्याभूति र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा सल्लाह–सिफारिस गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे