• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१२ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१३ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१५ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१६ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१७ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१७ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१७ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१८ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१८ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१८ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१९ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० फागुन १०, बिहिबार (२ साल अघि)

राष्ट्रिय आवास कम्पनीको कर्मचारी विनियमावली मस्यौदा तयार

  • 2,243 Views
  • काठमाडौं ,फागुन १०। राष्ट्रिय आवास कम्पनी लिमिटेडले स्थापनाको ३५ वर्षपछि कर्मचारी व्यवस्थापन गर्ने भएको छ । २०४८ सालमै स्थापना भएको सरकारी स्वामित्वको सो कम्पनीले अहिलेसम्म पनि कर्मचारी विनियमावली बनाएर स्थायी पदपुर्ति गर्न सकेको थिएन ।

    कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले लामो समयदेखि कार्यरत अस्थायी कर्मचारीहरूलाई व्यवस्थापन गर्न नयाँ कर्मचारी प्रशासन विनियमावलीको मस्यौदा तयार गरेको बताए ।

    ‘कम्पनी स्थापना भएदेखि अहिलेसम्म कर्मचारीको व्यवस्थापन भएको रहेनछ, हामीले तत्काल लामो समयदेखि कार्यरत कर्मचारीलाई व्यवस्थापन गर्ने गरी कर्मचारी विनियमावलीको मस्यौदा तयार गरेका छौँ,’ महाप्रबन्धक निरौलाले भने, ‘सो मस्यौदा परामर्शका लागि सहरी विकास मन्त्रालय पुगेको छ ।’ उनले मन्त्रालयबाट मस्यौदा स्वीकृत हुने बित्तिकै कर्मचारी व्यवस्थापनको काम अघि बढाउने बताए ।

    कम्पनीले बुधबार बुद्धनगरमा विशेष समारोहसहित स्थापनाको ३५ औँ वार्षिकोत्सव मनाउँदै कम्पनीको कर्मचारी व्यवस्थापन, भवन निर्माण लगायत कानूनी र व्यवस्थापकीय सहयोग र समन्वय गरिदिन सहरी विकासमन्त्री सीता गुरुङसमक्ष आग्रह गरेको छ ।

    कार्यक्रममा कम्पनीकातर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै महाप्रबन्धक निरौलाले कम्पनीको अधिकार क्षेत्र र जिम्मेवारीमा रहेका जग्गा भित्र बसोबास गर्ने अव्यवस्थित बसोबासीअन्तर्गत भूमिहीन, दलित, सुकुम्बासी समेत रहेका परिवारहरुको आवास व्यवस्थापन गर्ने विषयमा सहजीकरण गरिदिन आग्रह गरे ।

    ‘काठमाडौंबाहिक विभिन्न ठाउँमा कम्पनीका भवनहरू छन् । कम्पनीको केन्द्रीय कार्यालय भने भाडामा सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘भूकम्पले क्षतिग्रस्त भएपछि हामीले नयाँ भवन बनाउन सकेका छैनौँ । भवन निर्माण गर्ने वा अर्को कुनै सरकारी भवन हामीले प्रयोजनका लागि पाउने भन्ने विषयमा सरकारले प्रबन्ध गरिदिए हुन्थ्यो भन्ने हाम्रो आग्रह हो ।’

    उनले कम्पनीले सञ्चालन गर्ने आवासीय कार्यक्रम र बस्ती विकासका कार्यक्रममा समेत सरकारको समन्वयको खाँचो रहेको बताए ।

    वि.सं.२०२० देखि २०४६ सालसम्म नेपाल पुनर्वास कम्पनी प्रालिका नामबाट कृषिमा आधारित पुनर्वास कार्यक्रम सञ्चालन भएको थियो । त्यसबेला सो कम्पनीले १९ हजार ७६ परिवारलाई २६ हजार ३४७ हेक्टर जग्गा वितरण गरेको थियो ।

    भूमिको सीमितता र अन्य विविध कारणले पुनर्वास कार्यक्रमलाई निरन्तरता प्रदान गर्न सम्भव नभएपछि २०४६ मा सरकारले ग्रामीण क्षेत्रमा योजनाबद्धरुपमा आवास कार्यक्रम सञ्चालन गर्ने उदेश्यले पुनर्वास कम्पनीलाई ग्रामीण आवास तथा बस्ती विकास कम्पनीमा परिणत गरेको थियो । पछि ०६९ सालमा त्यही ग्रामीण आवास तथा बस्ती विकास कम्पनीलाई राष्ट्रिय आवास कम्पनी लिमिटेडकारुपमा पुनः नामाकरण गरिएको थियो ।

    हाल यो कम्पनी कम्पनी रजिष्ट्रार कार्यालय र सहरी विकास मन्त्रालयमातहत सञ्चालित छ ।

    कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी दस करोड छ । कम्पनीको चुक्ता पूँजी पाँच करोड २० लाख रुपैयाँ रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालय १८ प्रतिशत, बन तथा भूसंरक्षण विभाग र महालेखा नियन्त्रकको कार्यालय १७ प्रतिशत, कृषि विभाग र महालेखा नियन्कको कार्यालयको १७ प्रतिशत र बाँकी रहेको ४८ प्रतिशतमध्ये सर्वसाधारणको नाममा सेयर जारी हुनुपर्नेमा हालसम्म जारी भएको छैन ।
    बुधबार वार्षिकोत्सवका सन्दर्भमा सहरी विकास मन्त्री गुरुङले कम्पनीलाई थप व्यवस्थित गरेर सेयर जारी गरेर अघि बढ्न निर्देशन दिइन् । विगतमा जग्गा बिक्री गरेरै टिकेको कम्पनीलाई अब जग्गा बिक्री गरेर मात्रै कम्पनी टिक्ने अवस्था नरहेको भन्दै आम्दानीका वैकल्पिक श्रोतहरु पहिचान गर्न उनको निर्देशन थियो ।

    ‘सर्वसाधारणलाई सेयर छुट्याउने कुरा छन् । तर संस्था आफैँ आत्मनिर्भर नहुँदासम्म सेयर जारी गरेर मात्रै संस्था सञ्चालन हुन सक्ने कुरा हुदैन,’ उनले भनिन्, ‘सधैँ जग्गा बिक्रीलाई मात्रै आम्दानीको मुल श्रोत बनाउनु भएन । अरु वैकल्पिक आम्दानीका श्रोतहरुको पनि पहिचान गर्नुहोला ।’

    उनले कम्पनीले आफ्नै कार्यालय भवन र कर्मचारी व्यवस्थापनका विषयमा समेत चासो लिनुपर्ने बताइन् । कम्पनीले प्राकृतिक प्रकोप र अन्य कारणले आवासबिहीन परिवारलाई सरकारको निर्देशनबमोजिम जग्गा वा आर्थिक श्रोतको व्यवस्थापन गर्ने, योजनाबद्ध आवास तथा बस्ती विकास गर्ने, स्थानीय तहसँगको समन्वयमा प्रचलित कानूनी प्रक्रिया पूरा गरी जग्गा एकीकृत आयोजना सञ्चालन गर्ने, सरकारको निर्देशनबमोजिम पुनःस्थापना सम्बन्धी काम गर्ने काम गर्दै आएको छ ।

    त्यस्तै, नागरिकको चाहना र कम्पनी उद्देश्य मिल्ने गरी भवनहरु निर्माण गर्ने र सोहीबमोजिम विभिन्न स्थानमा कम लागतका घर भवनहरु निर्माण गरी विक्री वितरण गर्ने र राष्ट्रसेवक कर्मचारीहरुका लागि आवास उपलब्ध गराउने काम गर्दै आएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १२ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १३ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १५ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १६ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १७ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १७ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १७ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १८ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १८ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ६

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution