
काठमाडौँ, १४ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्नै तयारी गरेको छ । कुनै प्राविधि त्रुटि नभए आज मंगलबार साँझसम्म परीक्षाको नतिजा सार्वजनिक हुने बोर्डका सदस्यले जानकारी दिए ।
बोर्डले कक्षा १२ को परीक्षा नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ । त्यसका लागि आज ३:३० बजे परीक्षा बोर्डका बैठक बोलाइएको छ।
बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परिक्षा सञ्चालन गरेको थियो । यो बर्ष देशभरबाट ४ लाख १० हजार विद्यार्थीले परिक्षा दिएका छन् ।
नतिजा प्राप्त गर्नको लागि ल्याण्डलाइन तथा मोवाइलबाट १६०१ डायल गरि निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरि १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे