
काठमाडौं – राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ। बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाउने मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्।
त्यस्तै, सांसद मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जहरू (जस्तै चितवन, बाँदरझुला आदि)सँग सम्बन्धित नीतिगत समस्या बारे तयार पारिएको अध्ययन प्रतिवेदन संसदमा पेश गर्नेछन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले “सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१” माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम पनि कार्यसूचीमा रहेको संसद सचिवालयले जनाएको छ।
यस विधेयकमा फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जाल कसरी नियमन गर्ने भन्ने विषय समेटिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे