
काठमाडौँ । सरकारले डा नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले उनलाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा नियुक्ति गरेका हुन्।
महान्यायाधिवक्ताको जिम्मेवारी अन्तर्गत कँडेलले सरकारका तर्फबाट कानुनी परामर्श प्रदान गर्ने, फौजदारी मुद्दामा अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने तथा सरकारवादी सबै मुद्दामा बहस पैरवीको नेतृत्व गर्नेछन्। यो पदलाई सरकारको कानुनी प्रणालीको प्रमुख स्तम्भका रूपमा लिइन्छ।
कँडेल यसअघि विभिन्न चर्चित मुद्दामा कानुनी सल्लाहकारको भूमिकामा सक्रिय रहँदै आएका थिए। विशेषगरी रवि लामिछानेसँग सम्बन्धित मुद्दामा उनले कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए।
त्यसैगरी, उनी पत्रकारिता क्षेत्रसँग पनि जोडिएका व्यक्ति हुन्। उनले पत्रकार महासंघको धौलागिरी शाखामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै विसं २०५८ देखि २०६० सम्म शाखा सभापतिका रूपमा काम गरेका थिए।
सरकारले कानुनी क्षेत्रको अनुभव र व्यावसायिक दक्षतालाई आधार मानेर कँडेललाई महान्यायाधिवक्ताको जिम्मेवारी दिएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे