
काठमाडौँ, २९ फागुन । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद नारायण प्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका छनु ।
बैठकमा उपस्थित ५६ सांसदमध्ये ३९ सांसदले दाहालको पक्षमा मत दिएका छन्। त्यस्तै उनको विपक्षमा.१७ मत खसेको छ ।
उनलाई माओवादी केन्द्रसहित, नेकपा एमाले, नेकपा एस, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले मत दिएका थिए ।
यसअघि नेपाली कांग्रेसका सांसद युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्विकृत भएको थियो ।
शर्माको पक्षमा १७ मत परेको थियो। उनलाई कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मत दिएको हो। कांग्रेसका १६ र लोसपाका एक सांसद छन्।
निवर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे