
काठमाडौँ, २ फागुन । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नामिबियाले नेपाललाई २ सय ८६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
किर्तिपुरस्थित मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको जिम्मा पाएको नामिबियाले निर्धारित ५० ओभरमा अल आउट हुँदै २८५ रन बनाउन सक्यो ।
नामिबियाका लागि माइकल भान लिंगेनले सर्वाधिक १३७ बलामा १ सय ३३ रनको शतकिय पारी खेले । कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडे । त्यस्तै, नामिबियाको लागी जेन ग्रिनले ३४ र जान प्रिलिङ्कले १३ रन बनाउन सके ।
नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए। सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे