
काठमाडौँ, १७ फागुन ।यसै साता एस ई ई लाई लक्षित गरी प्याब्सन नागार्जुनले मेघा इभेन्ट कलङ्कीमा एस ई ई बुस्ट अप सेसन सम्पन्न गरेको छ।
लेट अल द प्राइभेट एण्ड बोर्डिङ स्कुलस बि युनाईटेड भन्ने मुल नारा सहित प्राइभेट एण्ड बोर्डिङ स्कुलस ले ऊक्त कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रम सन्चालन प्रकाशमान शाहीले गर्नु भएको थियो भने सम्पुर्ण अतीथी र विद्यार्थीहरूलाई स्वागत गर्दै डि बि ढकाल ले मन्तव्यको क्रममा एस ई ई को विद्यार्थीहरुलाई शुभकामना प्रदान गर्नु भएको थियो।
कार्यक्रमलाई सिदार्थ कलेज बाफलले स्पोनसर गरेको थियो ।
कार्यक्रमका सभापति काठमाडौंका नागार्जुन प्याब्सनका अध्यक्ष्य तथा द एक्सल पब्लिक सेकेन्डरी स्कुलका प्रिन्सिपल वाशु देव घिमीरे, प्रमुख अतिथि प्याब्सन काठमाडौंका अध्यक्ष प्रेम राई, सिद्धार्थ कलेजका सि ई ओ ,डाइरेक्टर समीर धमला,परीक्षा सचिव सूर्य केसी साथै नागार्जुन प्याब्सनका पदाधिकारीहरूको सहभागीता रहेको थियो ।
ऊक्त सेसनमा छ सय भन्दा वढी विद्यार्थीहरूको वाक्लो ऊपस्थीती रहेको कार्यक्रममा बाफल स्थित सिदार्थ एकेडमी मल्टीपल कलेजका विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रम भव्य र सभ्य रहेको आयोजक टिमले जानकारी दिनु भयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे