
काठमाडौं। नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ। यसले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२८ प्रतिशतको वृद्धि देखाएको हो। गत वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ थियो।
यस अवधिमा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको खुद फि र कमिशन आम्दानीमा १.८२ प्रतिशतको वृद्धि भएको छ, जुन १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ पुगेको छ।
नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने यसको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ रहेको जानकारी प्राप्त भएको छ।
बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ७४ पैसाबाट बढेर २४ रुपैयाँ ५ पैसा पुगेको छ। नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा ६२ करोड रुपैयाँ कम हो।
नबिल बैंकको निष्क्रिय कर्जाको आकार कुल कर्जाको ४.९३ प्रतिशत रहेको छ। ६ महिनाको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे