
काठमाण्डौ। नबिल बैंक लिमिटेडले काठमाडौंका दुई शाखा, न्यु रोड र खिचापोखरीको स्थानान्तरण र समायोजनको बारेमा सूचना जारी गरेको छ। आगामी २०८१ पौष १४ गते (२९ डिसेम्बर २०२४) देखि लागू हुने यस परिवर्तनमा बैंकका नयाँ ठेगाना र फोन नम्बरको विवरण सार्वजनिक गरिएको छ। न्यु रोड शाखाको नयाँ ठेगाना पार्क प्लाजा, खिचापोखरी, काठमाडौं महानगरपालिका-२२ रहेको छ, र यसको नयाँ फोन नम्बर ०१-५३१५९४२ / ०१-५३२४८३७ छ। यस शाखाले पुरानो स्थानबाट लगभग ३०० मिटर टाढा स्थानान्तरण गरेको छ।
अर्को शाखा, खिचापोखरी शाखा, अब खिचापोखरी, काठमाडौं महानगरपालिका-२२ मा स्थित हुनेछ, र यसको नयाँ फोन नम्बर ०१-५३४१३६८ रहेको छ। यो शाखा पुरानो स्थानबाट केवल ५० मिटर टाढा स्थानान्तरण भएको छ। स्थानान्तरण पछि, बैंकका ग्राहकहरूले प्रशासन विभागसँग सम्पर्क गर्नको लागि घन्टाघर, कमलादी, काठमाडौं स्थित कार्यालयमा फोन नम्बर ०१-५९७१८७१ मार्फत सम्पर्क गर्न सक्नेछन्। नबिल बैंकले स्थानान्तरणको प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्दै ग्राहकलाई कुनै पनि असुविधा नहोस् भन्ने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे