
काठमाडौँ,१५ बैशाख । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका कोहलपुरका स्व.जय प्रकाश घर्तिको परिवारलाई बीमा दाबी भुक्तानी वापत १० लाख रुपैया उपलब्ध गराएको छ ।
बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका घतिका परिवारले आज बीमा दाबी भुक्तानी वापत उक्त राहत पाएका हुन ।
बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।
बैंकले हिजो बुधबार कोहलपुर–११ कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
हाल बैंकको परिवार लक्षित रु १ करोड १ लाख सम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे