
मुगु । आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चाहिने आवश्यक मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री मुगु आइपुगेको छ ।
निर्वाचन आयोगले सुर्खेतदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरी फागुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि ४० हजार समानुपातिक र ३९ हजार प्रत्यक्ष तर्फका मतपत्र सहितका निर्वाचनका लागि चाहिने सुइ, धागो, स्वस्तिक, छाप, स्टामप्याटलगायत आवश्यक ११ प्रकारका सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो ।
एक निर्वाचन क्षेत्र रहेको मुगुमा ३६ हजार ३१ मतादाता संंख्या रहेको छ । जिल्लाभर ६७ मतदान स्थल र ६९ मतदान केन्द्र रहेका छन् । आइतबार मतपत्रसहितका आबश्यक सबै सामग्री जिल्लामा पुगेपछी १४ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम संचालन गरी १५ गतेबाट मतदान केन्द्रमा लैजाने समग्री प्याकेजिङ गरी भुगोलका आधारमा १७ गतेबाट मतदान अधिकृत सहितको टोली आ-आफ्ना स्थलतर्फ प्रस्थान गर्ने जिल्ला निर्वाचन कार्यलयका प्रमुख कमल प्रसाद उपाध्ययले बताए ।
निर्वाचन सफल बनाउनको लागि मतदान अधिकृत ७० जना, सहायक मतदान अधिकृत ७० जना, सहायक कर्मचारी २ सय १० जना , स्वयम सेवक १ सय ७९ जना र सहयोगी ७० जना गरी ५ सय ९९ जना कर्मचारी परिचालन हुनेछन् । सुरक्षाको लागि निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी १५ सय भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे