
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी सेनासँग एसपीपी सहकार्य हुँदैन भनेर संसदमा बोल्नुपर्ने बताएका छन् ।बुधबार प्रतिनिधि सभा बैठकको बोल्दै सांसद् थापाले नेपाल कुनै पनि सैन्य साझेदारीमा सहभागी नहुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्र ।
उनले भने, ‘प्रधानमन्त्रीले आजैको संसद्मा आएर जवाफ दिन सभामुखसँग माग गर्दछु।मेरो र नेपाली कांग्रेस पार्टीको स्पष्ट धारणा छ, यो गर्नुहुँदैन यस्ता कुराहरू आइसकेपछि प्रधानमन्त्रीले आजै यो सदनमा उभिएर यस्तो सम्झौता नेपालले गर्दैन भन्नुपर्छ उनले भने ।नेपाली कांग्रेस यस्ता प्रकृतिको सम्झौतामा सहभागी हुन सक्दैन थापाले भने।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे