
काठमाडौं , २२ जेठ। नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन् । मंगलबार संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले घिसिङ विरुद्ध डेडिकेटेड र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरूसँग अर्बौ रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशुली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको जस्ता विविध आरोप लागेकाले घिसिङलाई निलम्बन गरी छानबिन गर्नुपर्ने आवश्यक रहेको बताए ।
सांसद सुवालले भने, ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध डेडिकेटेड र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरूसँग २०–२५ अर्ब रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशुली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको, ६ अर्बको ट्रान्सफर्मर खरिद गर्दा कमिसनको पछि लागेको, विद्युत नियमन आयोगको सिफारिसबिना पीपीए गरी राज्यलाई करोडौंको नोक्सानी पुर्याएको, ५५ करोडको शेयर नौं करोडमा खरिद गरी भ्रष्टाचार गरेको जस्ता विविध आरोप लागेको हुँदा कार्यकारी घिसिङलाई निलम्बन गरी छानबिन गर्नु जरुरी छ ।’
यस्तै, सांसद सुवालले ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता राष्ट्रिय परिचय पत्रको नाममा बिलम्ब गर्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे