
काठमाडौँ , १९ असोज | नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कविता गाउँदै सरकारलाई प्रश्न गरेका हुन् । उनले चाडपर्व नजिकिएसँगै जनताले दशैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको बताए ।
उनले बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोको २५० रुपैयाँ पुगेको बताए। उनले प्रश्न गरे- ‘आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ, सरकार गरिबको दशैं यसपालि कसरी टर्छ ? मेरो प्रश्न छ जवाफ देऊ सरकार जनताको दशैं यसपालि कसरी टर्छ ?’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे