
काठमाण्डौँ, ११ फागुन । चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति ९सेन्सर बोर्ड० ले आइतबार यस चलचित्रलाई सेन्सर प्रमाणपत्र प्रदान गरेको हो। फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड रहेको छ। यो चलचित्र कुमार कट्टेलको निर्देशनमा बनेको हो र फागुन १४ गते, शिवरात्रि अवसरमा प्रदर्शनको लागि तयार छ।
पूर्वमन्त्री तथा काँग्रेस नेता मोहम्मद अफताब आलमले चलचित्रमा आफूजस्तै देखिने पात्रको चित्रण गरिएको भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए। चलचित्रमा सिताराम कट्टेल ९धुर्मुस०, मुकुन्द श्रेष्ठ, महेश त्रि पाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे ९पाँडे०, सागर लम्साल ९बले०, हरिष निरौला ९क्रकोज०, प्रियाना आचार्य ९मुन्नी०, कमलमणि नेपाल ९खुपीका बाउ० लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे