
काठमाडौं — काठमाडौंमा जारी पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका क्रममा विभिन्न संस्थाहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित सो सम्मेलनमा रोजगारी सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम प्रदान गर्न विभिन्न १० निकायसँग सम्झौता गरिएको छ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले निर्माण व्यवसायी महासंघ, कम्प्युटर एसोसिएसन नेपाल, होटल संघ नेपाल, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल तयारी पोशाक उद्योग संघ, सुनचाँदी व्यवसायी महासंघ, इको इन्टरनेशनल फ्रेम प्रालि, मदरल्याण्ड स्किल एकेडेमीलगायतका संस्थाहरूसँग सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार, रोजगारी अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादनका लागि तालिम तथा सीप विकासका कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे