काठमाडौ , ५ भाद्र |नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोकमा आज आइतबार सिराहाको लहान नगरपालिकामा बिदा दिइएको छ । गिरीको निधनमा नगर क्षेत्रभित्र शोक बिदा दिइएको लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले बताए ।नगर प्रमुख चौधरीअनुसार नगरपालिकाका भित्रका क्याम्पसहरू, शैक्षिक प्रतिस्ठानहरू र उद्योग बाणिज्य संघ पनि बन्द रहने छन् ।
क्यान्सर रोगबाट पीडित नेता गिरीको स्वास्थ्योपचारको क्रममा शनिबार राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको थियो । उनको एक महीनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो।उनलाई निमोनिया देखिएको थियो। निमोनियासँगै क्यान्सरबाट उत्पन्न समस्याले च्यापेपछि उनका सबै अंगले काम गर्न छाडेको थियो । गिरी विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे