
स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २ सय ६९ जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि साढे एकलाखभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन् ।मनोनयन दर्ताको संख्यात्मक विवरण गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने गरिएको छ ।आइतबार र सोमबार गरिएको मनोनयको संख्या निर्वाचन आयोगले सोमबार राति ११ बजे सार्वजनिक गरेको हो ।
आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा २ हजार ९ सय ८७ र उपप्रमुखमा १ हजार ८ सय ५२ जनाको उम्मेदवारी परेको छ ।जसमा सबैभन्दा बढी मधेश प्रदेशमा २४ हजार १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा कम गण्डकी प्रदेशमा ८ हजार ५ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे