
काठमाडौं, असार ९ — देशभर मनसुनी वायु सक्रिय रहेकाले अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही, कोशीका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा, कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपात हुन सक्छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा सम्भावित छ। वर्षाका कारण बाढी, पहिरो, भूक्षय, सडक तथा हवाई यातायातमा अवरोधको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे