• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

१५ घण्टा अघि
२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

१८ घण्टा अघि
३

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

१८ घण्टा अघि
४

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

१९ घण्टा अघि
५

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

२0 घण्टा अघि
६

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

२0 घण्टा अघि
७

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

२१ घण्टा अघि
८

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

२१ घण्टा अघि
९

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

२१ घण्टा अघि
१०

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

२१ घण्टा अघि
११

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

२१ घण्टा अघि
१२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

२१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)

पर्वतमा बाँदर आतङ्क : किसानलाई हिउँदे बालीनाली जोगाउनै हम्मे

  • 2,248 Views
  • पर्वत , १२ पुस | पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ। यसले गर्दा  हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ।

    जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए। विगतमा मङ्सिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो। यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर यतिबेला फुर्सदिलो बनेका छन्। बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको सँगै जोडिएको विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छाडेका छन्।

    उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका छन्। ‘धान जेनतेन थन्क्याउन सकिन्छ’, टीकारामले भने, ‘हिउँदेखेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भइयो, लगाउनै छोडियो।’

    त्यसैगरी फलेवास–४ का रामप्रसाद गौडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हुल बाँदर पसेर सर्वनास पारिदियो। बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आएका थिए। तर बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छाडेको बताए।

    ‘एकपटक पल्केपछि खेती सखाप नपारेसम्म नछोड्ने रहेछ’, उनले बाँदरको हैरानीबारे भने, ‘हजारौँ खर्च गरेर महिना दिनसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए। अहिले जति नै प्रयास गर्दा पनि आलुको व्यावसायिक खेती गर्न सकिएन।’ बाँदरको हैरानी खेप्न नसकेका उनले दुई वर्षयता बाँदरबाट जोगिने बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेको बताए।

    अहिले जिल्लाभर बाँदरको आतङ्क फैलिएको छ। जिल्लाका ६१ वडामै बाँदरको समस्या नभएको कुनै वडा छैन। कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्नुपरेको छ।  बाँदर आतङ्क किसानका लागि टाउको दुखाइको विषय बनेको सरोकारवालाको भनाइ छ। बाँदर धपाउन समूह बनाएर बस्दा पनि समाधान नभएको स्थानीय गुनासो गर्छन्। मोदी–२ का गुरुदत्त चापागाईँले भने, ‘पहिला कुकुर भुक्दा भाग्थ्यो, अहिले कुकुरलाई नै झम्टिन आउँछ।’ जलजला–५ की पार्वती खत्रीले रोपेको २५ केजी आलु बाँदर पसेपछि दुई सय बोट पनि बाँकी नराखेर उखेलेको गुनासो गरिन्।

    जिल्लामा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलुखेतीमा पनि बाँदर मुख्य समस्या रहेको भन्दै किसान चिन्तित बनेका छन्। ‘अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ’, बाँसखर्कका समुद्र खत्रीले भने, ‘पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ।

    जिल्लाका उच्च भेगमा पर्ने गाउँको मुख्य बाली आलुखेती हो। हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको हैरानीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाएको किसानको गुनासो छ। दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बीउसमेत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गहुँ र गहुँको पिठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको  कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ।

    जिल्लाको फलेवास नगरपालिकाले चालु वर्ष किसानलाई आलु र गहुँको बीउ निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको भए पनि अपेक्षित माग नआएको जनाएको छ। ‘फाट्टफुट्ट माग आएको थियो’, कृषि शाखा प्रमुख केदार सापकोटाले भने, ‘बीउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौँ, नत्र लैजाँदैनौँ भनेका छन्।’ महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत कृषकहरू हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन्। रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    १५ घण्टा अघि

  • २

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    १८ घण्टा अघि

  • ३

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    १८ घण्टा अघि

  • ४

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    १९ घण्टा अघि

  • ५

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    २0 घण्टा अघि

  • ६

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    २0 घण्टा अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    २१ घण्टा अघि

  • ८

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    २१ घण्टा अघि

  • ९

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    २१ घण्टा अघि

  • १०

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ४

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ५

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा
    ६

    सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution