
काठमाडौं | वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ । विभागले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूल गुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको छ ।
सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको थियो । तिहार र छठमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढि हुनेहँदा सरकारले बिक्रिवितरणमा रोक लगाउँन लागेको हो ।
सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने र यति गर्दागदै बजारमा बिक्रीवितरण गरेको भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने छ ।
अनुगमनका क्रममा सरकारको निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सुचनामा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे