
काठमाडौं, २३ जेठ। भारतमा प्रधानमन्त्रीको सपथग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदीआवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ ।५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ । उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने सम्भावना बढेको हो ।
मोदीले मतदाताहरूलाई उनीहरूको जनादेशका लागि धन्यवाद दिए र भ्रष्टाचार र गरिबी उन्मूलन गर्न सबै कुरा गर्ने बताए। विपक्षी गठबन्धन, भारत, २३२ सिट प्राप्त, अपेक्षा भन्दा धेरै राम्रो प्रदर्शन गर्योभारत गठबन्धनले हार स्वीकार नगरेको र अर्को कदम तय गर्न आज बैठक बस्ने बताएको छ । विश्वको सबैभन्दा ठूलो निर्वाचन ६ हप्तामा सात चरणमा सम्पन्न भएको थियो जसमा झण्डै एक अर्ब मानिसले मतदान गर्न दर्ता गरेका थिए ।
बहुमतसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्व समुदायबाट बधाईको लहर आउन थालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ,इटालीका प्रधानमन्त्री मेलोनी, इजरायली प्रधानमन्त्री नेतान्याहूले बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे