
एजेन्सी। – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुईदिने औपचारिक भारत भ्रमणमा आएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दू धर्मावलम्बीहरूको पवित्र ग्रन्थ ‘श्रीमद्भगवत गीता’ रूसी भाषामा अनूदित संस्करण उपहार दिएका छन्।
नयाँदिल्ली आइपुगेका पुटिनलाई बिहीबार प्रदान गरिएको उक्त उपहारबारे प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा प्रतिक्रिया जनाउँदै भने, “राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एक प्रति दिएको छु। गीताको शिक्षाले संसारभरका लाखौं मानिसलाई प्रेरणा दिँदै आएको छ।”
भारत आगमनपछि पुटिनको नयाँदिल्लीस्थित विमानस्थलमा उच्चस्तरीय स्वागत गरिएको थियो। त्यसपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा बसेर प्रधानमन्त्रीको सरकारी निवासतर्फ गएका थिए। दुई नेताबीच सुरक्षा, आर्थिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे