
सर्लाही। भैरवीदल गण, स्थानीय स्वास्थ्य संस्था, र नेपाल राष्ट्रिय भूपू सैनिक संघ सर्लाहीको सहकार्यमा सर्लाही जिल्लाको हरिवन-११, बालुवाटारस्थित नेपाल राष्ट्रिय भूपू सैनिक संघको भवनमा घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ।
पौष ७ गते फिल्ड अस्पताल, बर्दिबासद्वारा सञ्चालन गरिएको यस शिविरले बहालवाला, भूपू सैनिक, र तिनका आश्रित परिवारहरूलाई लक्षित गरी सेवा प्रदान गरेको थियो। शिविरबाट १०० जना भन्दा बढी लाभान्वित भएको आयोजक संस्थाहरूले जानकारी दिएका छन्। यस स्वास्थ्य शिविरले स्थानीय समुदायमा स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण योगदान पुर्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे