
काठमाडौँ । जेन–जी युवा नेता मिरज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने भएका छन्। ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन मार्फत दलको घोषणा गर्ने जानकारी दिएका छन्।
सामाजिक सञ्जालमा जारी भिडियोमा ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने एजेन्डा सहित दल दर्ता गर्न लागिएको बताएका छन्। उनले नयाँ दल गठनको उद्देश्य वर्तमान राजनीतिक अवस्थालाई सम्बोधन गर्नु रहेको बताउँदै, “राजनीतिक दल खोल्नुको अर्थ वर्तमान अवस्थामा मात्रै निर्वाचनमा जानु होइन,” भने।
ढुंगानाले जोड दिएका छन् कि जबसम्म प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली, विदेशस्थित नेपालीको मतदान अधिकार र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय स्थापना हुँदैन, उनीहरूले निर्वाचनमा भाग लिने छैनन्। साथै, ७८ जनाको ज्यान जानेगरि भदौ २३–२४ को जेन–जी आन्दोलनलाई स्मरण गर्दै शान्तिपूर्ण संघर्ष जारी राख्ने पनि बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे