
काठमाडौँ , ५ माघ | गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गरे ।बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले भने , ‘विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक इन्च बाहिर जाँदैन। यसको प्रक्रिया छ। यसमा दबाब र प्रभाव पार्नु हुनेछैन्,’ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद पनि संसदमा रहेको बारेमा गराएको ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्री लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको समेत बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे