
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् र जनस्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य, र पुनर्लाभ व्यवस्थापनमा आवश्यक पर्ने विशेषज्ञहरूको प्रभावकारी प्रयोग र परिचालन गर्नका लागि विशेषज्ञहरूको समूह (Roster of Experts) तयार गर्ने निर्णय गरेको छ। यस निर्णय अनुसार मन्त्रालयले योग्यता, अनुभव र क्षमतायुक्त विशेषज्ञहरूलाई सहयोगका लागि आवाहन गरेको छ।
मन्त्रालयले एक सूचना प्रकाशित गर्दै इच्छुक विशेषज्ञहरूलाई आवश्यक कागजातसहित आवेदन दिनका लागि आग्रह गरेको छ। इच्छुक व्यक्तिहरूलाई, यस लिंक https://forms.gle/DBpcyH7aj64T3ryHA मा गई आवेदन पत्र बुझाउन भनिएको छ। आवेदनको अन्तिम मिति भने २०८१/०९/२८ तोकिएको छ।
सूचनामा मन्त्रालयले उल्लेख गरेको छ कि यस समूहको निर्माणले आपतकालीन अवस्थामा प्रभावकारी व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे